सर्वोच्चका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिनको हिरासत अनुमति

काठमाडौँ । लिखत किर्तेसम्बन्धी आरोपमा पक्राउ परेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई थप दुई दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विष्टलाई गत वैशाख १७ गते पक्राउ गरिएको थियो। उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा राख्न पत्राचार गरेका थिए। तर, सो पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ मानेपछि उनी स्वयं पक्राउ परेका हुन्।

हाल काठमाडौँ जिल्ला प्रहरी परिसरले विष्टविरुद्ध लिखत किर्ते सम्बन्धी अभियोगमा अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानलाई अगाडि बढाउन जिल्ला अदालतले उनलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज