सरकारले सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्यो, ककसले पाए जिम्मेवारी ?

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् ।

बेपत्ता नागरिक छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्तौलालाई नियुक्त गरिएको छ ।

मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारीहरुमा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापा (संखुवासभा)का छन् । यसका सदस्यहरुमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा.टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला), कुमारी कौशल्य ओझा (कञ्चनपुर) छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष लीलादेवी गड्तौला (तेह्रथुम), सदस्यहरूमा गोपालनाथ योगी (सल्यान), अग्नीप्रसाद थपलिया (झापा), सृजना पोखरेल (काठमाडौं), विनिता नेपाली (कास्की) छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज