रवीन्द्र मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुर्‍याइएका मिश्रमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको हो ।

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।

आफूमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको भन्दै मिश्रले आपत्ति जनाएका छन् । मिश्रले आफूमाथि राज्यले पुनः कालो टिका लगाइदिएको बताएका छन् ।

 

सम्बन्धित समाचार

ताजा न्यूज