क्यानडाको डिपेन्डेन्ट भिसामा लैजाने भन्दै २० लाख ठगी गरेको आरोपमा युवती पक्राउ

काठमाडौं। क्यानडाको डिपेन्डेन्ट भिसामा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको वैतेश्वर गाउँपालिका–८ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई बिहीबार टेकुबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार अधिकारीले आफू अध्ययनका लागि क्यानडाको भिसा प्राप्त गरेको र त्यसको आधारमा डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै एक युवकसँग २० लाख रुपैयाँ लिएको आरोप छ। पैसा लिएपछि उनी सम्पर्कविहीन भएकी थिइन्।

पीडित युवकले दिएको जाहेरीका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरी आपराधिक लाभ (ठगी) को कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको जनाएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज