विदेशी कम्पनीको लोगो चोरेको आरोप : सात नेपाली कम्पनीलाई उद्योग विभागको सात दिनको अल्टिमेटम

काठमाडौं । विभिन्न विदेशी कम्पनीहरूले आफ्नो ट्रेडमार्क र लोगो अवैध रूपमा प्रयोग गरेको आरोप लगाउँदै नेपालका सात कम्पनीविरुद्ध उद्योग विभागमा औपचारिक उजुरी दिएका छन्। विभागले ती कम्पनीहरूलाई सात दिनभित्र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

उद्योग विभागका अनुसार उजुरी परेका नेपाली कम्पनीहरूमा यती ब्रुअरी प्रालि, सम्राट सिमेन्ट उद्योग प्रालि, अभिनस डिष्टिलरी, एभरेष्ट हर्ब प्रोसेसिङ प्रालि, एमजीएस कम्पनी, र गोपाल एन प्रोडक्ट रहेका छन्।

विशेष रूपमा, यती डिष्टिलरीले क्राउन बियर र यसको लोगो प्रयोग गरेको आरोप मेक्सिकोको सेरभेन्सिया मोडेलो डे मेक्सिकोले लगाएको छ। त्यस्तै, सम्राट सिमेन्टले अस्ट्रेलियाको क्रोन मेलर्बन लिमिटेडको लोगो नक्कल गरेको उजुरी परेको छ।

यस्तै, बेलायतको कस्मेटिक वारिज लिमिटेडले “लस ब्रान्ड” नामक मदिरा उत्पादनको नाममा आफ्नो ट्रेडमार्क प्रयोग भएको बताएको छ भने फ्रान्सको व्युरो इन्टरपर्सनल डेले “यार्सागुम्बा कनेक” ब्रान्डको नक्कल गरिएको दाबी गरेको छ।

उद्योग विभागले सम्बद्ध कम्पनीहरूलाई सात दिनको म्याद दिँदै आरोप सम्बन्धी प्रमाणसहित सफाइ दिन निर्देशन दिएको छ। विभागले भनेको छ, “सात दिनभित्र आवश्यक प्रमाण नआएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।”

सम्बन्धित समाचार

ताजा न्यूज