काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेलमिलापकर्ताको रूपमा सूचीकृत हुन इच्छुक व्यक्तिहरूलाई ३० दिनभित्र निवेदन दिन आग्रह गरेको छ। अदालतको मेलमिलाप केन्द्रले २०७९ सालको नियमावलीअनुसार मेलमिलापसम्बन्धी तालिम प्राप्त गरेका वा मेलमिलाप परिषद्बाट स्वीकृति प्राप्त गरेका व्यक्तिहरूलाई निवेदन दिन आह्वान गरेको हो।
सूचनाअनुसार योग्य उम्मेदवारले सम्बन्धित तालिम तथा शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र दुई प्रति फोटो संलग्न गरी प्रशासन शाखामा निवेदन दिनुपर्नेछ।
अदालतका शाखा अधिकृत हेमन्त भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार आवश्यक ढाँचामा निवेदन दिनुपर्नेछ, जुन ढाँचा अदालतको वेबसाइट http://supremecourt.gov.np/court/kathmandudc बाट डाउनलोड गर्न सकिनेछ।