१ अर्ब २० करोडको नक्कली भ्याट बिल प्रकरणमाध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल प्रकरणमा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार ध्रुव देवले नक्कली भ्याट बिल तयार गरी त्यसका आधारमा कर छली गरेका थिए। विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार कम्पनीले करिब ६० करोड रुपैयाँ बराबरको राजस्व छलेको छ र त्यस बराबरको जरिवाना माग गर्दै मुद्दा दायर गरिएको हो।

“हामीले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेका छौं,” अधिकारीले भने।

ध्रुव कन्स्ट्रक्सन विभिन्न ठेक्कापट्टा, निर्माण सामग्री बिक्री तथा कन्सल्टेन्सी सेवामा संलग्न कम्पनी हो। विभागले कम्पनीको आर्थिक कारोबार र कर विवरणको गहिरो छानबिनपछि नक्कली बिलमार्फत ठूलो परिमाणको कर छली भएको पुष्टि गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज