काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। विष्टमाथि फौजदारी अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
शुक्रबार न्यायाधीश पदमराज पाण्डेको इजालसले हिरासत म्याद थप गर्ने आदेश दिएको हो। विष्टलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।
उनीमाथि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गराउन अनधिकृत पत्र लेखेको पुष्टि भएपछि प्रहरीको अनुसन्धानमा तानिएका हुन्।