डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले यस्तो फैसला गरेको हो ।

निर्वाचन आयोगको साढे दुई वर्षअघिको कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्णय गरेको थियो । आयोगको उक्त निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । सर्वाेच्चको अन्तरिम आदेशकै कारण कार्कीको उम्मेद्‌वारी यथावत भएको थियो । कार्की ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज