जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा आइतबार पक्राउ परेका छन् । आरोपित थापालाई बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको हो ।

२०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का सहितले सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए । उक्त निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालयले एक वर्ष अघि कुमारी सहकारी संस्थाको बचत हिनामिना सम्बन्धमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको थियो। उक्त छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले सहकारीमा बचत गरेको १ अर्ब ४९ करोड रकम हिनामिना भएको उल्लेख थियो।

एमालेबाट जिसस प्रमुख निर्वाचित थापा लामो समयसम्म पक्राउ परेका थिएनन् । राजनीतिक संरक्षण भएको र आरोपितलाई नपक्रिएको भन्दै व्यापक आलोचना हुनथालेपछि प्रहरीले उनलाई पक्रिएको हो । पक्राउ परेका थापामाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज