कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर–१ मा आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले थापामाथि आक्रमण गरेका हुन । आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । विद्युत् प्राधिकरणका कर्मचारीले गाडी ओभरेटको विषयमा विवाद गरेर आक्रमण गरेको बताइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज