रवि लामिछानेलाई ४ दिन म्याद थपको माग

पोखरा । सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको छ। प्रहरीले ४ दिनको म्याद माग गरेको छ।

लामिछाने कात्तिक ३ गतेदेखि हिरासतमा छन्। प्रहरीले सूर्यदर्शन सहकारीको १८ हजार ७ सय बचतकर्ताको रकम अपचलन प्रकरणमा लामिछानेसहित ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

प्रहरीले लामिछानेमाथि २८ करोड बिगो र त्यति नै जरिवाना, ४–६ वर्ष कैद तथा सम्पत्ति शुद्धीकरणमा २–१५ वर्ष कैदको माग गरेको छ। लामिछानेको खातामा ७५ लाख जम्मा र गोर्खा मिडियामा २७ करोडभन्दा बढी रकम रकमान्तर भएको प्रमाण प्रहरीले फेला पारेको दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज