काठमाडौँ । बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस लिएको आरोप लागेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनी सेवाग्राहीसँग लिएको अठहत्तर हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले घुस लिएको पुष्टि भएकाले बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ ।