काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी पदाधिकारीमा दरखास्त दिने समयावधि थप गरिएको छ । सरकारले पदाधिकारी सिफारिस गर्न गठन गरिएको सर्च कमिटीले दरखास्त दिने म्याद बिहीबारसम्म रहेकोमा मंसिर ४ गतेसम्मलाई थप गरेको हो ।
सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको पदाधिकारी सिफारिसका लागि सर्च कमिटी गठन गरेको थियो । सिफारिस समितिका अनुसार मंसिर ४ गते ५ बजेसम्मका लागि आवेदन दिन पाउने म्याद थप गरिएको हो ।