१५ दिनभित्र विजुलीको पैसा नतिरे फेरि उद्योगमा लाइन काट्ने कुलमानको चेतावनी, प्राधिकरणले जारी गर्याे सूचना

काठमाडौँ ।१५ दिनभित्र विजुलीको पैसा नतिरे फेरि उद्योगमा लाइन काट्ने कुलमान घिसिङको चेतावनी सहित नेपाल विद्युत प्राधिकरणले सुचना जारी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने भन्दै आज एक सूचना प्रकाशित गरेर जानकारी गराएको हाे ।

मन्त्रिपरिषद्को मिति २०६१।०७।२५ को बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको मिति २०६१।०७।२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले सोही अनुसार भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म  टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला ।
अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज