पोखरा महानगरले हटाएका कर्मचारी अदालत गए, महानगरको निर्णय खारेजीका विषयमा उच्चले बाेलायाे दुबै पक्षलाई

पोखरा । पोखरा महानगरले हटाएको तीन कर्मचारी पुगे उच्च अदालत गएका छन् । महानगरको निर्णय खारेजीको माग गर्दै ती कर्मचारी आलत गएका हुन । पोखरा महानगरपालिका कार्यपालिकाको बैठकबाट हटाइएका ३ जना इन्जिनियरले पोखरा उच्च अदालतमा रिट हालेका हुन् ।

गत कार्तिक १५ गते बसेको कार्यपालिका बैठकले लोकसेवाबाट सिफारिस भएर ३५ जना प्राविधिक आएकाले ती पदमा कार्यरत २८ जना प्राविधिकलाई कात्तिकसम्मको सेवा सुविधा दिएर विदाइ गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वय रोक्न उनीहरूले अन्तरिम आदेशको पनि माग गरेका थिए ।

जिल्ला न्यायाधीश मेरिना श्रेष्ठको इजलासले विषयवस्तुको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको उपस्थितिमा छलफल भई अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिने भन्दै ३० गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

बुधबार न्यायाधीश श्रेष्ठको इजालासले१५ दिनभित्र लिखित जवाफ पेश गर्न महानगरपालिलाई भनेको छ ।कार्यपालिकाबाट हटाइएका भुवनेश्वर तिमिल्सिना, प्रकाश वाग्लेसमेत ३ जनाले रिट हालेका हुन्।

लोकसेवाबाट सिफारिस भएर आइसकेपछि एउटै पदमा दुईथरी कर्मचारी आवश्यक नपर्ने भन्दै एमालेको बहिस्कारका बाबजुद कार्यपालिकाले २८ जना प्राविधिक हटाउने निर्णय गरेको छ। करार विवाद उत्कर्षमा पुगेपछि मेयर धनराज आचार्यले बुधबार नै महानगरको प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतिलाल तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज