समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आयोगका अनुसार राजनीतिक दलहरूले पेस गरेका नामहरूलाई संकलन गरी बन्दसूची प्रकाशन गरिएको हो।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले दलहरूबाट प्राप्त सूची आज सार्वजनिक गरिएको जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट ११० जना र प्रत्यक्ष प्रणालीबाट १६५ जना सांसद निर्वाचित हुनेछन्।

आयोगका अनुसार समानुपातिकतर्फको ११० सिटका लागि ६३ वटा राजनीतिक दलले जम्मा ३ हजार २१३ जना उम्मेदवारको नाम पेस गरेका छन्। प्रकाशित बन्दसूचीमा विभिन्न क्लस्टरअनुसार उम्मेदवारहरूको नाम समावेश गरिएको छ।

बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता वा कानुनी हैसियतबारे दाबी–विरोध गर्न चाहने मतदाताले माघ १० गतेभित्र निर्वाचन आयोगमा निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। आयोगले तोकिएको समयसीमाभित्र प्राप्त निवेदनहरू अध्ययन गरी आवश्यक निर्णय गर्नेछ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज