रवि र छविलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश कायम रहने ठहर गरेको हो। यससँगै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मागसहित दायर गरिएको पुनरावेदन निवेदन अस्वीकार भएको छ।

यसअघि जिल्ला अदालत काठमाडौँले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित ठगी मुद्दामा लामिछाने र जोशीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेश बदर हुनुपर्ने माग गर्दै सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतको निर्णयसँगै दुवै जना धरौटीमै बाहिर बसेर मुद्दाको प्रक्रिया सामना गर्ने भएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज