काठमाडौं । घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामै राखेर मुद्दा अघि बढाउन विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो। बहसपछि अदालतले उनलाई थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतको वेबसाइटमा अद्यावधिक गरिएको विवरणअनुसार गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरिएको जनाइएको छ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश गरेको हो। यद्यपि आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रकरणसँग सम्बन्धित थप अनुसन्धान र सुनुवाइ प्रक्रिया अदालतबाट अघि बढाइने बताइएको छ।

