न्यायाधीशलाई धम्की दिएको आरोपमा तिमल्सिना पक्राउ

काठमाडौं । न्यायाधीशमाथि श्रृङ्खलाबद्ध रूपमा धम्की दिएको आरोपमा ललितपुरको गोदावरी नगरपालिका निवासी राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई कास्कीको पोखराबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले पछिल्लो समय ‘डार्क फाइल नेपाल अभियान’ नाम दिएर विभिन्न न्यायाधीशलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि गर्दै आएको पाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज