सरकारलाई राजदूत फिर्ताको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्ने निर्णयको कारण सरकारले पेश गर्नुपर्ने आदेश जारी गरेको छ।

यसअघि सर्वोच्चमा दायर रिट निवेदनमा सरकारले राजदूत फिर्ता गर्ने निर्णय कानुनअनुसार नभएको आरोप लगाइएको थियो। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले सरकारलाई ‘कारण देखाउ आदेश’ जारी गरेको हो।

सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई २० कात्तिकभित्र फिर्ता हुन निर्देशन दिइएको थियो। फिर्ता बोलाइएका राजदूतमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतहरू पर्दछन्।

सर्वोच्चको आदेशपछि अब सरकारले राजदूत फिर्ता सम्बन्धी कारण स्पष्ट गर्नुपर्ने बाध्यता रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज