शुशीला कार्कीलाई असंवैधानिक तरिकाबाट प्रधानमन्त्री नियुक्ति गरेर संसद् विघटन गरेको विरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता, तिहारपछि पेशी

काठमाडौं । शुशीला कार्कीलाई असंवैधानिक तरिकाबाट प्रधानमन्त्रीको नियुक्ति गरेर संसद् विघटन गरेको विरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनविरुद्ध ११ वटा रिट दर्ता भएकोमा आइतबार थप पाँच वटा रिट दर्ता भएसँगै १६ वटा पुगेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आइतबार थप रिट दर्ता भएका हुन् । यसअघि ११ वटा रिट दर्ता भएका थिए । योसँगै विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू दर्ता गरेको हो । १६ वटा रिट निवेदनहरू एकसाथ कात्तिक १२ गते पेस तोकिएको छ ।

दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोकिसकेका छन् । पहिलो सुनुवाइमा सर्वोच्चले सबै पक्षसँग कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाउने छ ।

सबै रिटमा राष्ट्रपति कार्यालय शीतलनिवास, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद्लाई विपक्षी बनाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज