जेनजीले अब राष्ट्रिय सभामा भाग खोज्न थाले, चुनावविनै सहजै प्रवेश खोज्दै मनोनितको बाटो

काठमाडौं । जेनजीले अब राष्ट्रिय सभामा भाग खोज्न थालेका छन् । जेनजी प्रतिनिधिहरुले, चुनावविनै सहजै प्रवेश खोज्दै मनोनितको बाटो समाउन खोजेका छन् ।

राष्ट्रिय सभाका खाली रहेका सदस्यहरुको लागि निर्वाचनको तयारी अगाडि बढाउँदै गर्दा प्रधानमन्त्रीले जेनजीले उपस्थितिबारे चासो राखेकी हुन् । यसअघि प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगका आयुक्तहरूसँग यही असोज २१ गते छलफल गरेकी थिइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्वबारे चासो राखेर अध्यक्ष नारायण दाहालसँग छलफल गरेकी थिइन् । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व कसरी गराउने भन्ने विषय प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच छलफलमा उठ्यो मात्रै, ठोस केही निष्कर्ष भने निस्कन सकेको छैन् ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि अध्यक्ष दाहालले भनेका छन्, ‘जेनजीको पनि जल्दोबल्दो कुरा छ । जेनजी ल्याउने सन्दर्भका कुरा पनि भए ।’संविधानविद् भिमार्जुन आचार्यले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वका लागि मनोनित सांसदको विकल्प प्रयोग गर्न सुझाव दिएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज