जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति

काठमाडौं । काठमाडौं युरो स्कुलले जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा पढाउने निर्णय गरेको छ।

टोखा–गोंगबु बनियाटारस्थित उक्त विद्यालयको सञ्चालक समितिको बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदका सन्तानलाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्ने निर्णय गरेको हो।

विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार यो निर्णय सहिदहरूको बलिदानप्रति कृतज्ञता प्रकट गर्न र उनीहरूका परिवारलाई सम्मान जनाउन लिइएको हो। “देश र लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूका सन्तानलाई शिक्षा मार्फत सशक्त बनाउने हाम्रो उद्देश्य हो,” पाण्डेले बताए।

विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारलाई सम्बन्धित प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं युरो स्कुलले सहिदका सन्तानका लागि छात्रवृत्ति योजना अघि सारेको जनाएको छ। विद्यालयले यो कदम अन्य शैक्षिक संस्थाहरूका लागि प्रेरणादायी बन्न सक्ने अपेक्षा पनि व्यक्त गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज