काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार औपचारिक रूपमा पदभार सम्हालेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले कार्यभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् । शहीदको स्मृतिमा माल्यार्पण गरेपछि मात्र उनले सिंहदरबार प्रवेश गरी कार्यभार सम्हालेकी हुन् ।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई गत शुक्रबार अन्तरिम सरकारको नेतृत्व गर्न राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । पदभार ग्रहणसँगै उनले अब सरकार सञ्चालनको पूर्ण जिम्मेवारी सम्हाल्ने भएकी छन् ।

