जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने, बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनुवाइ हुने

काठमाडौं । जेनजीको आन्दोलनले जलाएको सर्वोच्च अदालत आजबाट खुल्ने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ सुरु गर्ने गरी आजबाट अदालत खुला गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकामानसिंह राउतले आजदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बताए ।
सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिबद्ध रहेको भन्दै आजबाट जसोतसो व्यवस्थापन मिलाएर अदालतले काम कारवाही सुरु गर्ने भएको छ ।

जेनजी आन्दोलनबाट सर्वोच्चमा क्षति पुग्दा नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरू नष्ट हुन गएको सर्वोच्च अदालतको भनाइ छ । यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त पनि सर्वोच्च अदालतले गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज