काठमाडौँ । मुलुकमा देखिएको अस्थिर राजनीतिक परिस्थितिबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले गर्ने भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार कार्कीले शुक्रबार राति ९ बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।
न्यायिक क्षेत्रमा सशक्त भूमिकाका कारण चर्चित कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश समेत रहिसकेकी हुन्। उनको प्रधानमन्त्री पदमा नियुक्तिलाई मुलुकलाई संवैधानिक बाटोबाट निकास दिन खोजिएको प्रयासको रूपमा हेरिएको छ।

