काठमाडौँ । सोमबार भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक मोड लिँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत घाइतेको संख्या ३४७ रहेको छ।
मन्त्रालयले दिएको तथ्यांकअनुसार, काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ।
आन्दोलनका क्रममा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा निरन्तर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

