राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभामा मंगलबार संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन सभामा पेश गर्दै निजामती कर्मचारीका लागि नयाँ ‘कूलिङ अफ पिरियड’ प्रावधानबारे जानकारी दिइन्।

सभापति दाहालका अनुसार, सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अवकाश पाएपछि दुई वर्षसम्म कुनै पनि सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन पाउने छैनन्। यस प्रावधानले निजामती सेवामा पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज