काठमाडौं । न्यायपरिषद्ले देशभरका उच्च र जिल्ला अदालतमा कार्यरत २१५ न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले ८८ जना उच्च अदालतका र ११२ जना जिल्ला अदालतका न्यायाधीशलाई नयाँ स्थानमा पठाउने निर्णय गरेको हो।
यससँगै विशेष अदालतको नेतृत्व र सदस्यतामा पनि परिवर्तन भएको छ। अध्यक्षसहित ४ जना सदस्यको सरुवा भई नयाँ नाम सिफारिस भएका छन्।
न्यायपरिषद्को अनुसार, यो सरुवा प्रक्रिया नियमित कार्यसम्पादन र दुई वर्षे सरुवा अभ्यासअनुसार गरिएको हो। नयाँ जिम्मेवारी पाएका न्यायाधीशले छिट्टै तोकिएको इजलासमा कार्यभार सम्हाल्नेछन्।