बागमतीका मेयर थापा भ्रष्टाचार प्रकरणमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भरत ताल निर्माणमा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतको २१ साउनको फैसलामा थापा सहित विमलकुमार पोखरेल र सागर पौडेललाई नदीजन्य पदार्थमा हानी नोक्सानी पुर्‍याएको ठहर गरिएको थियो। बिहीबार अन्तिम सजाय तोकिँदै तिनै जनालाई समान अवधि कैद सजाय र बराबरी रकमको जरिवाना तोकिएको हो।

त्यसैगरी, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(९३०) अनुसार, थापा, पोखरेल र पौडेलले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप बुझाउनुपर्ने पनि अदालतको आदेशमा उल्लेख छ।

यो प्रकरण भरत तालको निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि सामग्री निकासीसम्मको चरणमा अनियमितता भएको ठहरमा आएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज