काठमाडौं । न्याय परिषद्ले देशभरका विभिन्न उच्च अदालतका लागि २७ न्यायाधीशको सिफारिस गरेको छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद् बैठकले न्यायाधीश नियुक्ति तथा पदस्थापन सम्बन्धी सिफारिस गरेको हो।
परिषद्का अनुसार सिफारिस भएका मध्ये १६ जना जिल्ला अदालतका वर्तमान न्यायाधीश हुन् भने ५ जना न्याय सेवाबाट र ६ जना कानुन व्यवसायी (अधिवक्ता)हरूबाट सिफारिस भएका छन्।
परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको न्यायाधीशमा सिफारिस गरिएको छ। त्यस्तै, सर्वोच्च अदालतका सह-रजिस्ट्रार अच्युत कुइकेल उच्च अदालत पाटनका लागि सिफारिस भएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई उच्च अदालत सुर्खेतका लागि सिफारिस गरिएको छ।
हेर्नुस् सूची: