हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मंगलबार बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो बानियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनमा प्रदेश सरकार गठनको दाबी पेश गरेका थिए।
कुल ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र एमाले गरी ६४ सांसदको समर्थन रहेको बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मकवानपुर निवासी बानियाँ यसअघि नेपाली कांग्रेसको संगठनात्मक भूमिकामा सक्रिय थिए। उनले पार्टीको प्रदेश सभापति तथा राष्ट्रिय राजनीतिमा पनि योगदान दिँदै आएका छन्।