रेशम चौधरी प्रकरण: फर्जी पत्र काण्डमा मुछिएका विष्ट धरौटीमै रिहा, उच्च अदालतले सदर गर्‍यो जिल्ला अदालतको आदेश

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फर्जी पत्रमार्फत थुनाउने न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमै रिहा हुने भएका छन्। उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले दिएको धरौटी आदेश सदर गर्दै विष्टलाई कारागार मुक्त गर्न बाटो खुला गरिदिएको हो।

सर्वोच्च अदालतको विचाराधीन मुद्दामा किर्ते कागज प्रयोग गरी चौधरीलाई थुनाइएको आरोप लागेपछि विष्टविरुद्ध सरकारी कागज किर्ते मुद्दा चलाइएको थियो। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालले जेठ ५ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए।

उक्त आदेशविरुद्ध रेशम चौधरीले उच्च अदालत पाटनमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। त्यस्तै, विष्ट पक्षले पनि उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। बिहीबार न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय सदर गर्दै विष्टलाई धरौटीमा छुटाउने निर्णयलाई वैधानिक ठहर गरेको हो।

फर्जी कागजात काण्डले चौधरीविरुद्धको मुद्दालाई नयाँ मोड दिएको थियो भने यो निर्णयपछि विष्ट कानुनी रूपमा पुनः बाहिर निस्कने बाटोमा छन्।

सम्बन्धित समाचार

ताजा न्यूज