नेपाल बारका पूर्व अध्यक्षमाथि ‘बौद्धिक चोरी’को गम्भीर आरोप (दुवै स्लाइड सहित)

काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि बौद्धिक चोरीको आरोप लागेको छ। अधिवक्ता डा. कुन्साङ लामा योन्जन (योञ्जन) ले आफ्नो स्लाइड प्रस्तुति हुबहु नाम मात्र परिवर्तन गरेर प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्।

डा. योन्जनले सोमबार फेसबुकमा लेखेका छन्, “कस्तो लाजमर्नु! बरिष्ठ, विज्ञ, उपमाको धनी, मैले सदा सम्मान गर्ने व्यक्तिले नै मेरो स्लाइड प्रेजेन्टेसन हुबहु, अझ नाम मात्र फेरेर प्रयोग गरेछन्। नपत्याए, नेपाल बार काउन्सिलमा मैले असार ६ मा लिएको क्लासको स्लाइड दाङमा साउन ७ तिरै बरिष्ठले देखाएछन्।”

उनले थपे, “ज्ञान बाँड्नु राम्रो हो तर हदैसम्मको बौद्धिक चोरीचाहिँ अलि सुहाएन। अझ नेपाल बारका पूर्व अध्यक्ष नै हुन् भन्दा मान हानि होला। कठै मेरो देश र बौद्धिक संसार।”

२०८२ साउन ६ र ७ गते नेपाल कानून व्यवसायी परिषदले लुम्बिनी प्रदेशको दाङमा ‘फौजदारी विषयमा विशेषीकृत तालिम’ आयोजना गरेको थियो। उक्त तालिममा सहजकर्ताको भूमिकामा पूर्व अध्यक्ष घिमिरे सहभागी थिए। डा. योन्जनको आरोप अनुसार, उनले असार ६ गते काउन्सिलमा प्रयोग गरेका स्लाइड सामग्रीहरू नाम मात्र फेरेर घिमिरेले प्रस्तुत गरेका हुन्।

कानून खबरलाई प्राप्त प्रमाण अनुसार, दुवै प्रस्तुति लगभग हुबहु छन्। यद्यपि डा. योन्जनले आफ्नो फेसबुक पोस्टमा प्रत्यक्ष रूपमा घिमिरेको नाम उल्लेख गरेका छैनन्।

कानून खबरसँगको प्रतिक्रियामा पूर्व अध्यक्ष घिमिरेले उक्त सामग्रीलाई ‘रिसोर्स’का रूपमा प्रयोग गरेको स्वीकार गरे। उनले भने, “मैले काउन्सिलमा रिसोर्स माग्दा उहाँहरूले नाम हटाएर मेरो नाम राखेर दिनु भएको होला। प्रस्तुतीलाई संसारभरका स्रोतबाट लिन सकिन्छ, बौद्धिक चोरी भन्ने कुरा लेखहरूमा लागू हुन्छ।”

कानून खबरले ‘डा. योन्जनको प्रस्तुति हुबहु रहेछ’ भनेर प्रश्न गर्दा घिमिरेले प्रिजेन्टेसन हुबहु नहुने दाबी गर्दै भने, “मैले कुन्साङ जिको नाम पनि लिएको थिएँ। मैले धेरै बाहिरी सामग्री पनि थपेको छु। कसैले भिडियो खिचेको भए हेर्न सक्नुहुन्छ। बोलिएको कुरा हुबहु कपि हुने कुरा होइन।”

घिमिरेले आगामी दिनमा बार काउन्सिलमा यस्ता बौद्धिक स्रोत व्यवस्थापनका लागि स्पष्ट नीति बनाउन पहल गर्ने बताएका छन्।

  • हेर्नुस् अधिवक्ता डा. कुन्साङ लामा योन्जनले तयार गरेको स्लाइड
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

  • हेर्नुस् बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रस्तुत गरेको स्लाइड
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज