नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाश अघि दिए राजीनामा

काठमाडौँ । नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाश मितिभन्दा केही दिनअघि नै पदबाट स्वैच्छिक राजीनामा दिएका छन्। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. घिमिरेको राजीनामा स्वीकृत गरेको हो।

डा. घिमिरेले साउन २ गते राजीनामा पेस गरेका थिए, जुन साउन २ देखि लागू हुने गरी स्वीकृत गरिएको मन्त्री गुरुङले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयको १०औँ बुँदामा उल्लेख छ, “नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने।”

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले डा. घिमिरे अनिवार्य अवकाशमा साउन ५ गतेबाट जानुपर्ने जानकारी गराइसकेको छ। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अनिवार्य अवकाशमा जानुभन्दा केही दिनअघि स्वैच्छिक राजीनामा दिएमा सेवा सुविधासम्बन्धी केही लाभ पाइने व्यवस्था भएकाले डा. घिमिरेले राजीनामा दिएको हुन सक्ने बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज