निजामती विधेयक संसदमै अड्कियो, १७ जना सचिव यही वर्ष अवकासमा जाने, को को छन् लाइनमा ?

काठमाडौँ । निजामती विधेयक पास भए नहुँदा कार्यकाल थप हुने सचिवहरु १७ जना यही वर्ष अवकासमा जाने भएका छन्।

मुख्यसचिव एकनारायण अर्यालसहित, १७ जना सचिव यसै आर्थिक वर्ष अनिवार्य अवकाशमा जाँदैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)को रेकर्डअनुसार मुख्यसचिवसहित १६ जना सचिव अनिवार्य अवकाशमा जान लागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा मुख्यसचिव अर्याल र १६ सचिवसहित दुई हजार २११ कर्मचारी अनिवार्य अवकाशमा जाने किताबखानाले जनाएको छ । यसरी अनिवार्य अवकाशमा जानेहरुमा केही पाँचवर्षे सेवा अवधि पूरा भएर र केही ५८ वर्षे उमेर हदका कारण छन् ।

निजामती सेवा ऐन २०४९ मा सचिव पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

मुख्यसचिव अर्याल किताबखानाको रेकर्ड अनुसार आगामी मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशमा जाने सचिवहरूमा तीन जना न्याय सेवाका छन् । न्याय सेवाबाट विशिष्ट श्रेणीमा पुगेका महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरे, न्याय सेवा आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत फणीन्द्र गौतम यस आर्थिक वर्षमा अवकाशमा जाँदैछन् । घिमिरे यही साउन ५ गते ९सोमबार०, श्रेष्ठ साउन ८ गते र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा जान लागेको किताबखानाको रेकर्डमा छ ।qm

 

सम्बन्धित समाचार

ताजा न्यूज