क्लासिक टेकको १६औं वर्षगाँठमा विशेष अफर: ग्राहकको बजेटअनुसार इन्टरनेट सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्नो १६औं स्थापना दिवस अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। “जति मा चाहियो, त्यति मा पाइयो” नारासहित ल्याइएको यस अफरअन्तर्गत ग्राहकले आफ्ना आवश्यकता र बजेट अनुसार इन्टरनेट सेवा छनोट गर्न सक्नेछन्।

सन् २००९ मा स्थापना भएको क्लासिक टेकले हाल देशभर ७४ जिल्लामा एफटीटीएच र वायरलेस सेवा विस्तार गरी १०४ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आईपीटीभी, वाईफाई सिक्स राउटर, र IPv6 प्रविधियुक्त इन्टरनेट उपलब्ध गराइरहेको छ।

क्लासिक टेकको आफ्नै डाटा सर्भर, कन्टेन्ट डेलिभरी नेटवर्क, र इन्टिग्रेटेड सफ्टवेयर सिस्टम भएकाले ग्राहकले उच्चस्तरीय सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ। कम्पनीले ३६५ दिन २४ घण्टा कल सेवा तथा १२ घण्टा फिल्ड सपोर्ट सेवा पनि निरन्तर प्रदान गर्दै आएको छ।

वार्षिकोत्सवको अफरबारे थप जानकारीका लागि ९७०९१८४१४७ मा सम्पर्क गर्न सकिने क्लासिक टेकले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज