अध्यागमनमा नयाँ चलखेल एक महिनामै फेरिए प्रमुख

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा फेरि नयाँ खेल सुरु भएको छ। गृह मन्त्रालयले जिम्मेवारी सम्हालेको एक महिनामै प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई हटाएर नयाँ प्रमुख पठाएको छ।

गृह मन्त्रालयको मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट कोइरालाको स्थानमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई विमानस्थल अध्यागमनको जिम्मेवारी दिइएको हो।

छानबिनमा तानिएका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई हटाएर ल्याइएका कोइराला स्वयं कार्यभार सम्हाल्न नपाउँदै विवादमा तानिए। अख्तियारले भट्टराईमाथि छापा मारेर पक्राउ गरेपछि कोइरालाले कार्यभार सम्हालेका थिए। तर, विमानस्थलमा सुधारको अपेक्षा गरिँदा उल्टै नेतृत्व फेरबदलको नयाँ शृङ्खला सुरु भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज