मेयरमा पराजित भगवती न्यौपाने बनिन सामान्य प्रशासनमन्त्री

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिकाबाट मेयर पदमा पराजित भएकी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई नियुक्त गरेका हुन्। यसअघि मन्त्री रहेका राजकुमार गुप्ताको नाम घुस ‘डिल’ सम्बन्धी अडिओ प्रकरणमा जोडिएपछि उनको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीका रूपमा न्यौपानेलाई जिम्मेवारी दिइएको हो।

न्यौपाने हाल राष्ट्रियसभामा नेकपा एमालेकी प्रमुख सचेतक हुन्। उनी विद्यार्थी राजनीतिबाट उदाएकी हुन्। अनेरास्ववियुबाट राजनीति सुरू गरेकी न्यौपाने अखिल महिला संघ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष बनिन्। उनले एमाले तनहुँको जिल्ला सचिवको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।

न्यौपाने हाल राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सदस्यसमेत हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज