भक्तपुर मालपोत प्रमुख कुमार आचार्य र सहायक कर्मचारी २४ लाख रुपैयाँ घुससहित पक्राउ

भक्तपुर । भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरूले जग्गाको लगतकट्टाका लागि घुस रकम लिएका थिए। अख्तियारले सूचना पाएपछि स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको हो।

आयोगको टोलीले मंगलबार दिउँसो कार्यालयबाटै उनीहरूलाई पक्राउ गरेको हो। आयोगका अनुसार, रकम कार्यालय सहयोगी राउतको कब्जाबाट बरामद गरिएको छ र यो रकम उठाउन आचार्यको मिलेमतो रहेको दाबी गरिएको छ।

साथै, आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल फोन पनि जफत गरेको छ। उनीहरूमाथि भ्रष्टाचार र दुरुपयोगसम्बन्धी थप अनुसन्धान जारी छ।

सम्बन्धित समाचार

ताजा न्यूज