काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको चुनावमा उमेदवार हुन चुनाव जित्नुपरेको छ । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको आगामी असार २८ गते हुने कार्यसमितिको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को तर्फबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि उम्मेदवार हुन आन्तरिक प्रतिस्पर्धा भएको छ ।
डिएलएले गरेको आन्तरिक छनोटका लागि निर्वाचनमा गरेको छ । निर्वाचनमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानबमोजिमअसार २० र २१ गते भएको आन्तरिक निर्वाचनमार्फत् उमेदवार छनोट भएका छन् ।
छनोट भएका उमेदवारमा अध्यक्ष पदका उम्मेदवार अधिवक्ता सुबोधबाबु चिलुवाल, उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे, सचिव पदका उम्मेदवार अधिवक्ता पुरूषोत्तम अर्याल, सहसचिव पदका उम्मेदवार अधिवक्ता अनिता शर्मा (अनु) र कोषाध्यक्ष पदका उम्मेदवार अधिवक्ता प्रमिला कायस्थ छन् ।
डिएलएले आन्तरिक निर्वाचनबाट पाँच जनाको पदाधिकारी छनोट गरेसँगै यी पाँच जना काडमाडौं बारमा चुनाव लड्न पाउने छन् । असार २८ गते हुने काठमाडौं जिल्ला बारको कार्यसमितिको लागी संगठनको आन्तरिक निर्वाचनमा अधिवक्ता सुबोधबाबु चिलुवाल अध्यक्षको उम्मेदवारको लागी निर्वाचित भएका हुन्।
चिलुवालले कुल ७१७ मत प्राप्त गरेका छन्। यसैगरी अधिवक्ता राजेन्द्र प्रसाद सेढाइले ३७४ मत प्राप्त गरेका छन्।
उपाध्यक्षको उम्मेदवारमा अधिवक्ता लक्ष्मी सापकोटा घिमिरे ५८३ मतले निर्वाचित भएकी छन्। यसैगरी प्रतिस्पर्धी अधिवक्ता राधिका लामिछानेले ४९८ मत प्राप्त गरेकी छन्।
सचिवको उम्मेदवारमा अधिवक्ता पुरुषोत्तम अर्याल ७०७ मतले निर्वाचित हुँदा अधिवक्ता लेखत बहादुर खड्काले ३७७ मत प्राप्त गरेका छन्।
सहसचिवको उम्मेदवारमा अधिवक्ता अनिता शर्मा अनु ७११ मतले निर्वाचित भएको छन् भने तुलसा शर्मा नेपालले ३६८ मत प्राप्त गरेकी छन्।
कोषाध्यक्ष पदको उम्मेदवारमा अधिवक्ता प्रमिला कायस्थ ५८४ मतले निर्वाचित हुँदा विष्णु प्रसाद ढकालले ५०६ मत प्राप्त गरेका छन्।
संगठनले २ महिला सहित १२ जना सदस्यहरु छनौट गरी निर्वाचन प्रकृयामा सामेल गराउने जनाएको छ।
काठमाडौं बारमा डिएलएको पकड भएका कारण हरेक साधारणसभामा आन्तरिक निर्वाचन गरी उम्मेदवार छनोट गर्ने गरेको छ।