बैंकिङ कसुरमा जनमत सांसद सुमन शर्मा रायमाझीमाथि पक्राउ पुर्जी जारी

बर्दिया । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत पर्साले जेठ १६ गते रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरी स्रोतले जनाएको छ। सांसद रायमाझीमाथि तीन लाख रुपैयाँभन्दा बढीको चेक बाउन्स भएको आरोपमा कानुनी कारबाही अगाडि बढाइएको हो।

पर्सा प्रहरीले रायमाझीलाई पक्राउ गर्न बर्दिया प्रहरी कार्यालयसँग पत्राचार गरिसकेको जनाएको छ। तर हालसम्म उनको मोबाइल सम्पर्कविहीन रहेको र उनको ठेगाना पहिचान गर्न खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जनप्रतिनिधिको हैसियतमा रहेकी सांसद रायमाझीविरुद्ध यसरी बैंकिङ अपराधमा कानुनी प्रक्रिया अघि बढ्दा प्रदेशसभाभित्र समेत यसको असर देखिन सक्ने आँकलन गरिएको छ। यस विषयमा सांसद रायमाझी वा जनमत पार्टीको कुनै औपचारिक प्रतिक्रिया भने आएको छैन।

सम्बन्धित समाचार

ताजा न्यूज