प्रतिनिधिसभाबाट निजामति विधेयक पारित हुँदै, कुलिङ पिरियडमा कर्मचारीको जोडबल नचल्ने

काठमाडौं । प्रतिनिधिसभाबाट निजामति विधेयक पारित हुने भएको छ । यो विधेयक पारित हुने भएकोले कर्मचारीले उठाएको कुलिङ पिरियड हटाउनुपर्ने एजेन्डामा कुनै जोडबल नचल्ने भएको छ ।

आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

प्रतिपक्षी दलहरुले भने संसदमा अवरोध जारी राखेका छन् । रास्वपा र राप्रपाले अवरोधलाई निरन्तरता दिएका हुन् । त्यसकाबीच सभामुख देवराज घिमिरेले बैठक चलाउँदै आएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज