सानो पाइला सहकारी प्रकरणमा रविलगायत २९ जनाविरुद्ध अदालतमा मुद्दा दायर

पर्सा । सानो पाइला बचत तथा ऋण सहकारी संस्था घोटाला प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय, पर्साले प्रहरी अनुसन्धान प्रतिवेदनको अध्ययनपछि लामिछानेसहित अन्य संलग्नहरूको नाम अभियोगपत्रमा उल्लेख गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो।

सहकारीको करोडौं रुपैयाँ अपचलन भएको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामो समय अनुसन्धान गरी करिब एक महिना अघि प्रतिवेदन बुझाएको थियो।

सरकारी वकिल कार्यालयले सोही प्रतिवेदनका आधारमा संगठित रूपमा सहकारीको रकम हिनामिना गरिएको ठहर गर्दै अदालतमा मुद्दा चलाएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज