न्यायाधीशको संसदीय सुनुवाइका लागि निकालिएको सूचना नै गलत !

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका तीन न्यायाधीशबारे सार्वजनिक उजुरी माग गर्दै सूचना प्रकाशन गरेको छ। तर, उक्त सूचनामा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलका बारेमा तथ्यगत त्रुटि देखिएको छ।

आइतवार प्रकाशित सूचनामा वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई “उच्च अदालत पाटन” का भनेर उल्लेख गरिएको छ, जबकि उनी हाल उच्च अदालतमा कार्यरत नभई सर्वोच्च अदालत बारका अध्यक्ष हुन । न्याय परिषद्को जेठ २७ गतेको बैठकले पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

सुनुवाइ समितिको शनिबार बसेको बैठकले सिफारिस गरिएका तीन न्यायाधीशका विषयमा १० दिनभित्र लिखित उजुरी पेश गर्न आम नागरिकलाई आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आइतवार सार्वजनिक सूचना जारी गरिएको थियो। तर मेघराज पोखरेलको पद र दरबन्दीमा गरिएको त्रुटिले संसदीय समितिको सूचना प्रति प्रश्न उठेको छ।

सुनुवाइ समितिले सार्वजनिक सूचनामा श्रीकान्त पौडेललाई उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश र शान्तिसिंह थापालाई उच्च अदालत दिपायलका मुख्य न्यायाधीशको रूपमा सप्रेष्ट रूपमा उल्लेख गरे पनि मेघराज पोखरेलको हकमा त्यस्तो सावधानी अपनाएको देखिएको छैन।

सम्बन्धित समाचार

ताजा न्यूज