सर्वोच्चका प्रस्तावित न्यायाधीशबारे संसदीय सुनुवाइका लागि उजुरी माग

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरिएका तीन न्यायाधीशबारे सुनुवाइ अघि उजुरी माग गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले सिफारिस गरिएका तीनै व्यक्तिहरूविरुद्ध १० दिनभित्र लिखित उजुरी दर्ता गर्न सर्वसाधारणमा आग्रह गर्ने निर्णय गरेको हो।

न्याय परिषद्को जेठ २७ गतेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।

सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार प्राप्त उजुरीहरूमाथि छानबिन गरी आवश्यक सुनुवाइ प्रक्रिया अघि बढाइनेछ। समितिको स्वीकृति प्राप्त भएपछि मात्रै राष्ट्रपतिबाट न्यायाधीशको नियुक्ति हुनेछ।

 

सम्बन्धित समाचार

ताजा न्यूज