पतञ्जली जग्गा प्रकरणः माधव नेपालको सांसद पद निलम्बनबारे सदनमा औपचारिक जानकारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेकोबारे संसदमा औपचारिक जानकारी गराइएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाले संविधानअनुसार उनको सांसद पद स्वत: निलम्बनमा परेको जानकारी दिएका हुन्।

नेपाल पतञ्जली समूहसँग जोडिएको जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका छन्। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको पद निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित समाचार

ताजा न्यूज