इजलासमै न्यायाधीशमाथि कालो मोसो प्रहार

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशमाथि नेकपा (बहुमत) निकटका कार्यकर्ताहरूले कालो मसी छ्यापेका छन्। बिहीबार उच्च अदालतको वीरगञ्ज इजलासभित्रै न्यायाधीश डा. खुशीराम थारुलाई मसी प्रहार गरिएको हो।

नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको भन्दै उनीहरुले न्यायधिस माथि कालो मोसो प्राहार गरेका हुन । अदालत परिसरमै पुगेर विरोध जनाउँदै कालो मसी प्रहार गर्ने दुई जना पक्राउ परेका छन्। उनीहरू नेकपा बहुमत निकटका कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पूर्वसांसद आलमलाई रौतहट जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। तर, गत जेठ १४ गते न्यायाधीशद्वय डा. खुशीराम थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो।

 

-शिर्षक अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक

सम्बन्धित समाचार

ताजा न्यूज