काठमाडौं । सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको न्यायपरिषद्को बैठकले तीन जनाको नाम सिफारिस गर्दै न्यायालयको रिक्त पद पूर्ति प्रक्रियालाई अगाडि बढाएको हो।
सिफारिसमा परेकाहरूमा वरिष्ठ अधिवक्ता तथा सर्वोच्च बार एशोसिएसनका अध्यक्ष मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।
वरिष्ठ अधिवक्ता पोखरेल कानुनी क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन् भने पौडेल २०५० साउन १ गतेदेखि न्याय सेवामा आवद्ध छन्। त्यस्तै, न्यायाधीश थापा २०७० जेठ २७ गतेदेखि न्याय क्षेत्रमा कार्यरत छन्।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीन पदमा सिफारिस भएपछि अब एक पद मात्र खाली रहेको छ। सिफारिस भएका न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ र त्यहाँबाट अनुमोदन भएपछि उनीहरूलाई सर्वोच्च अदालतका न्यायाधीशका रूपमा नियुक्त गरिनेछ।
न्यायिक रिक्तता पूर्तिको यो प्रक्रियाले सर्वोच्च अदालतको कार्य सम्पादनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार: